प्रदेश १ का थप पाँच जिल्लामा सहारा (साकोस) को सेवा विस्तार

चारपाने । झापाको विर्तामोड –२ मा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कार्य क्षेत्र बिस्तार गरेको छ । संस्थाको कार्यालय चारपानेमा मंगलबार आयोजित २४ औं बार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक कार्यक्रममा सो कुरा जानकारी दिइएको हो । संस्थाले ताप्लेजुङ, तेह्रथुम, धनकुटा, ओखलढुंगा र खोटाङमा सेवा विस्तार गरेको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिए । यस अघि झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, उदयपुरमा सेवा प्रदान गर्दै आएको थियो । योसंगै संस्थाले प्रदेश १ का ११ जिल्लाका ...
More