
उद्यमशिलताको बाटोमा टिकादेवी
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. २०५२ सालमा झापा मा स्थापना भई २०५८ साल देखी लघुबित्त कार्यक्रम संचालन गर्दै आईरहेको छ । सहरा नेपाल बचत तथा ऋण सहकारी संस्था लि ले हाल प्रदेश १ को ६ वटा जिल्ला कार्यक्षेत्र बनाई ८० वटा सेवा केन्द्र मार्फत १ लाख ६० हजार भन्दा बढी सदस्यहरुका माझमा सहकारी तथा लघुबित्त कार्यक्रम अन्तर्गत ग्रामीण क्षेत्रका महिलाहरुको आर्थिक जिवन स्तर उकास्नकोलागि बिभिन्न माध्यमबाट सहयोग गर्दै आइरहेको छ ।
यसै कार्यक्रम अन्तर्गत लघुबित्त कार्यक्रममा आवद्ध हुनु भएकी झापा जिल्ला अर्जुनधारा नगरपालिका वडा नं ९ निवासी टिका देवी राईको शुरुका दिनका अवस्थाहरु निकै नै दयनिय थिए श्रीमान् र २ जना छोराहरुका साथ साविक शनिश्चरे गा.बि.स कटहर डाँडामा बसोबास गर्दै आउनु भएकी टिका देवी राईको सम्पतीको नाममा १ कट्ठा घडेरी र १ हल राँगा मात्र थिए, तिनै राँगाको सहायतामा अर्काको खेती कमाई गरेर जिवीको पार्जन गरिरहेकी टिका देवीको परिवारका सदस्यहरु बिरामी परेपछि उपचारको लागि भएको राँगा र जग्गा पनि बिक्री गर्नु परेको तितो अनुुभव टिका देवी संग छ ।
नियति ले पनि निर्धोलाई नै ठग्छ भने झैं टिका देवीलाई पनि बिभिन्न आर्थिक तथा स्वास्थ्य समस्याहरुले सताईरहे । यतिकैमा गाउँकै साथीको सहयोगमा उहाँ २०६३ सालमा सहरा नेपाल शनिश्रे सेवा केन्द्रको जागृति सहारा महिला समुह समुह नंम्बर ४६ को सदस्य बन्न पुग्नु भयो । सहाराको समुहमा बस्न शुरुमा डरलागेको बताउने टिका देवीले समुहमा बसेपछि आफुमा आत्माबिश्वास बढेको बताउन हुन्छ । पहिलो पटक २०६४ सालमा रु १० हजार ऋण लिएर र आँफु संग भएको १५ हजार थप गरेर राँगा किनी फेरी पनि श्रीमान् श्रीमित मिलेर गाउकै एक जना ब्यक्तिको ३ बिगाहा खेती गरि घर परिवारलाई पालन पोषण गर्दै आएको उहाँ बताउनु हुन्छ ।
घर नजिकै को खेती भएकाले थोरै जमिनमा सब्जी खेती गर्दै सामान्य आय आर्जनको पाटो बनाउनु भएकी टिका देवी लाई सहारा नेपालको कृषि सम्बधि प्रयोगात्मक आई पि एम ९क्ष्लतभनचबतभम एभकत ःबलबनझभलत० सम्बन्धि तालिम ले अझ हौसला दिए पछि सब्जी खेतीलाई ब्यवसायिक बनाउने सोच आएको उहाँ बताउनु हुन्छ ।
२०६५ साल देखीनै सानो तिनो रुपमा सब्जी खेती गर्दै सामान्य गुजारा चलाउन थालेको बताउने टिकामदेवीले घर परिवारको सहयोगमा ब्यवसायिक रुपमा सब्जी खेती गर्दै हाल आएर भाडामा लिएको ३० कट्ठा जग्गामा बिभिन्न प्रकारका नगदेवालीहरु (मौसमी तथा बेमौसमी) लगाउदै आउनु भएको छ ।
हाल उहाँहरु २ जना श्रीमान् श्रीमती र अन्य २ जना कामदार राखि नियमित रुपमा वालीनालिको रेखदेख गर्दै आईरहनु भएको छ । सहारा नेपाल साकोसको सदस्य भए पछि पाएको बिभिन्न तालिम तथा क्षमता अभिबृद्धिले गर्दा आफ्नो काममा दृढ संकल्पका साथ लागि परेकाले घरवार बिहिन अवस्था भएको उहाँको परिवारलाई ब्यवस्थापन गरी हाल १ पक्की घर निर्माण गरेको , २ जना छोराहरुलाई उच्च शिक्षा सम्म पढाएको, २ जना छोराहरुको बिवाह गरी आफ्नो कर्तब्य निर्वाह गरेको उहाँ बताउनु हुन्छ । हाल १ जना छोरा बैदेशिक रोजगारी रहेको र १ जना छोरालाई ट्रयाक्टर खरिद गरि गाउँमै स्वरोजगारको अवस्थामा टिकामायाले पुर्याउनु भएको छ ।
नेपालमा आयआर्जनको उपाय केहि छैन भन्नेहरुका लागि एउटा नमुना पात्र टिकादेवीले हाल सहारा नेपाल साकोसबाट ६ लाख रुपैया ब्यवसायिक कर्जा लिई ४ कट्ठा खेतीमा सिमि, ४ कट्ठा खेतीमा बन्दाकोपी, ७ कट्ठा खेतीमा टमाटर तथा २ कट्ठा खेतीमा लगाएको खोर्सानी बेच्नको लागि तयारी अवस्थामा छने भने अव ७ कट्ठा खेतीमा काँक्रा तथा करेला रोप्नको लागि तयारी अवस्थामा रहेको छ । बर्ष भरी नै बिभिन्न प्रकारका नगदेवाली लगाई राख्ने टिकादेवीले २ वटा टनेल मार्फत पनि आफ्न कृषि उपजहरुको उत्पादन गर्ने गरेको बताउनु हुन्छ ।
बार्षिक १२ देखी १५ लाख सम्मको कारोवार गर्ने गरेको बताउने टिकामायाको सबै खर्च कटाएर ४ लाख भन्दा बढी बार्षिक आम्दानी हुने गरेको उहाँ बताउनु हुन्छ । आँफु र श्रीमान् समेत रोजगार भएको र गाँउका अन्य २ जनालाई पनि रोजगारी दिएर सफल उद्यमी बन्नु भएकी टिका देवी राईलाई सहारा नेपाल साकोसले २०७६ सालको बार्षिक साधारण सभामा रु ५१ हजार राशिको प्रो.मोहम्मद युनुस सहारा पुरस्कारले समेत सम्मानीत गरेको छ ।
आफ्नै माटोलाई हराभरा बनाउनको लागि टिका देवीका श्रीमान् नेत्र बहादुर राईको समेत महत्वपुर्ण सहयोग र छोराहरुको साथ र सहयोगले पनी यो उपलब्धी हाँसील गरेको बताउने टिका देवी घर परिवारका सदस्य सबैको सहयोग र साथ मिल्यो भने जस्तोसुकै काम पनि सफल हुने रहेछ बिश्वास आँफुले लिएको उहाँ बताउनु हुन्छ ।
गाँउमै केहि गर्न सकिन्छ भन्ने दृढ संकल्प लियो भने असम्भव कुरा केही पनि छैन भन्ने टिकादेवी केहि गर्न चाहानेहरुका लागि उदाहरणिय पात्र हुनु हुन्छ ।
**टिकादेवी राई संगको कुराकानीमा आधारित
टिकादेवी को ब्यवसायका केहि झलकहरु